Tuesday, May 31, 2011

8

सबैभन्दा सजिलो जागिर

विजेश :ए भाई, मलाई त डेली अफिस जादै काम गर्नै अल्छी लाग्नथाल्यो, मलाई यस्तो काम चहिएको छ जसमा कुनै काम पनि गर्नु नपरोस, तर बसी-बसी पैसा पनि आओस, तेरो नजरमा कुनै त्यस्तो काम छ?
मनिष:ओहो !छ नी दाई किन नहुनु !कामै नगरी बसी पैसा बटुल्न पाइने काइदाको काम छ, सार्वजनिक शौचालयको ढोकामा पैसा उठाउन बस्नु, तिमीले केही गर्नुपर्दैन, सबै काम त्यहाँ आउनेहरुले आँफै गर्छन, अनी तिमीलाई पैसा दिदै जान्छन ! खाने हो त जागिर कुरा गर्दिउ ?

****************

धनलाभ

पति ज्योतिसकहाँ हात देखाउन गए ।
ज्योतिसले भने, आज तिम्रो पत्निलाई अवस्य धन लाभ हुनेछ ।

पति रुन लागेको स्वरमा, तपाईले ठिक भन्नुभो किनकि आज मैले मेरो पर्स घरमै विर्सेर आएछु ।

*******************

नवदम्पति

नव विवाहित दम्पति शहर जान बस चढेछन्, बसमा भिँडभाँड भएकाले युवकले युवतीलाई अँगालो हालेर उभिएको थियो ।

त्यो देखेर कण्डक्टरले भन्यो: ऐ दाई, बस्न नपाए पनि त्यो दिदीलाई राम्रोसँग उभिन त दिनुस् ।

युवक: अगि तपाँईले नै भनेको होईन, आफ्नो सामानको सुरक्षा आफैले गर्नु भनेर ?

***************
खुट्टा नभएको कुकुर

पहिलो: तिमी खुट्टा नभएको कुकुरलाई के भनेर बोलाउँछौ ?
दोश्रो: जे भने पनि हुन्छ, जे भने पनि त्यो आउँदैन ।

**************

बिहानको खाजा

एक जना बिरामीलाई चेक गरेर डाक्टरले सोधेछ:
डाक्टर: तपाँईले बिहान के खाजा खानुहुन्छ ?
बिरामी: भैगो डाक्टरसाब, दु:ख नबगर्नुस । मैले घरमै टन्न खाएर आएको छु ।

7

दिमागमा आगो
श्रीमती: तिमी मलाई धेरै रिस नउठाउ त ! मेरो दिमागमा आगो बलेको छ आज ।
हम जाएगा: ए, तेही भएर होला, आज बिहानैदेखि गुईँठा बालेको गन्ध आएको ।
*****************
गधा
हम जाएगा (श्रीमतीसंग) : हेरन, छोराले गधा चढ्छु, गधा चढ्छु भनेर हैरान पारिसक्यो ।
श्रीमती: के भो त नि, एकछिन काँधमा बोके हुन्न त**


****************
कलर टिभी

बखतबहादुर टि.भी किन्न पसलमा गएछ ।

पसलमा -
बखते: साहुजी तपाईसंग कलर टिभी छ ?
साहुजी : छ, कस्तो चाहियो भन्नुस् न ।
बखते : त्यसो भए मलाई हरियो रंगको टिभी दिनुस् त ।

..

*************

रक्सी नखाने जँड्याहा

एउटा जँड्ह्या बारमा बसेर अगाडी राखेको रक्सीको गिलास घण्टौंदेखि एकटक हेरिरहेको थियो । त्यो देखेर उसलाई जिस्काउन वेटरले त्यो रक्सी एकैसासमा स्वाट्ट पार्यो ।

जँड्ह्या रुन थाल्यो,
वेटर : सरी दाई, मैले त तपाइँलाई जिस्काउन पो खोजेको..!
जँड्ह्या : हैन भाई, यसमा तिम्रो गल्ती छैन । आजको दिन नै अनलक्की छ । जागीर गयो, स्वास्नी पनि सम्पत्ति कुम्ल्याएर भागी त्यसैले मर्न भनेर त्यो रक्सीमा प्वाइजन मिलाएको थिएँ, त्यो पनि तिमीले..

************

दिमाखको मोल

पार्थिव दिमाग किन्न हिंड्यो । सयुजलाई सोध्यो तिम्रो दिमाग कतिमा बेच्छौ ? उसले भन्यो १ लाख,.. विपुललाई सोध्यो । उसले २ लाख भन्यो । विवेकले ३ लाख, यसरी नै सुजुले आफ्नो दिमागको रेट ४ लाख, शरदले ५, रोशनले ६, अमितले ७, जयाले ८ भन्दै गए । पार्थिव सन्दिपकहाँ पुग्यो । सन्दिपले दिमागको रेट १ करोड भन्यो । पार्थिव : अरुको भन्दा तिम्रो दिमाग किन यति महँगो ? सन्दिप : अरुले गर्नु use गरेका छन्,मेरो सिलप्याक अहिलेसम्म use नगरेको !
****************

स्वर्गमा क्रिकेट

क्रिकेटका सोखिन नब्बे काटेका दुइ बुढामित्रमध्ये एकजनाको स्वर्गवासी हुनेबेला भएछ, अर्को बुढाले उसलाइ भनेछ "स्वर्ग पुगेपछि त्यहाँ क्रिकेट छ कि छैन, पत्ता लगाएर फोन गर" पहिलो बुढा "हुन्छ" भनेपछि स्वर्गिय भएछ ।
केही दिनपछि स्वर्गबाट पहिलोको फोन अर्को बुढालाई आएछ -"तेरोलागि एउटा खुशीको,अर्को दुःखको खबर छन् । खुशीको खबर स्व...र्गमा क्रिकेट खेल्न पाइन्छ र दुःखको खबर आउने बिहीबार हुने म्याचमा फस्ट बलिङ्ग तैले गर्नु पर्ने भो !"

**************

विदेशबाट चिठी

सन्दिप विदेश जाने भयो । उसकी पत्नी सुजुलाइ पर्नु पिर पर्यो ।

जाने बेलामा सुजुले सन्दिपलाई भनिन् -'ए हजुर, मेरो लागि यस्तो पत्र लेख्नु कि तपाइँ फर्किन बेलासम्म पढिरहन सकुँ ।'

घरपरिवार, श्रीमती छाडेर जानु परेको चिन्तामा रहेका सन्दिपले झट्ट कागज र कलम लिएर एकघण्टासम्म लेखिरहे र सुजुलाई लेखेको कुरा दिदै भने -

'ल यही पढेर बस्नु । म फर्किने बेलासम्म बुझिहाल्छौ होला ।'

उसले लेखेको थियो -@#$#$#@%%$&

**************

दिवाली से एक दिन पहले बच्चा अपनी ममी के साथ पटाखे खरीदने निकला। गर्ल्स हॉस्टल देखकर बोला: ममी , ममी मैं सारे पटाखे यहीं से खरीदूंगा। ममी: लेकिन यह तो गर्ल्स हॉस्टल है! बच्चा: लेकिन पापा तो कहते हैं कि सारी फुलझड़ियां यहीं रहती हैं।
*************
सन्दिप र अमित शुक्लाफाँटको जंगलमा डकुमेन्ट्री खिच्न गएछन् । अचानक उनीहरुको अगाडी बाघ आएछ । बच्नका लागि अमितले बाघको आँखामा पर्ने गरी माटोको धुलो फ्याकेछ र सन्दिपलाई तान्दै भनेछ-'दाई, मौका यही हो भाग ।' अघिदेखि ट्वाल्ल परिरहेको सन्दिपले भनेछ 'म किन भाग्ने - तै भाग, बाघको आँखामा माटो मैले हालेको हो र ?'
**************
कोशीमा बाढी आएको बेला सन्दिप, सयुज र सेसन कोशी टप्पु घुम्न पुगेका रहेछन् । र्फकने बेला कोशी तर्नु पर्ने भयो । जंगल नजिक भएकाले डुंगा पनि रहेनछ,पौडेर कोशी तर्ने र जो पहिले पारी पुग्छ, उसले पारीबाट डुंगा ल्याउने विचार गरेछन् । सेसन पौडन थाल्यो । १५% जति पार गरेपछि पौडन नसकेर फर्कियो । सयुज पनि २५% जति अघि बढेर थाक्यो र फर्कियो । अब सन्दिपको पालो आयो । उ ५०% कोशी पार गरिसके पनि "नसकिने रहेछ" भन्दै फर्कियो ।
*************
सेसनको कक्षामा सबै विद्यार्थीहरुलाई Teacherले Cricket का बारेमा Essay लेख्न अह्राए । सेसनले सबैभन्दा छिटो लेखिभ्यायो । उसले लेखेको थियो - "DUE TO RAIN, NO MATCH!"
*************
गोबरको स्वाद

खाना खाने बेलामा वावुराम: "छ्या..! यो पनि तरकारी हो ? कस्तो नमिठो..! ठ्याक्कै गोबर जस्तो..!!"
बावुरामकी आमा : "हरे भगवान ! मेरो छोरो घर बाहिर जे पायो त्यही खाएर बिग्रेछ, खानेकुरा त खान्थ्यो-खान्थ्यो, गोबर पनि खाने गर्दो रहेछ, नत्र गोबरको स्वाद कस्तो हुन्छ, यसले कसरी थाहा पायो ? थुक्क..!!"

************

बाउको नाक

एकदिन तिनजना बाउको नाकको गफ दिँदैरहेछन् ।
पहिलो : मेरो बाउको नाक त यति लामो छ कि मेरो बाउले अगाडि १ कि.मि. सम्मको केहि कुरा हेर्नै मिल्दैन, त्यसमा नाक ठोक्किहाल्छ ।
दोस्रो : ह्या तेरो बाउको नाक के लामो ? मेरो बाउको नाक त यति लामो छ कि घर फर्कदा नाक आईपुगेको २ घण्टा पछि मात्र घर आईपुग्नुहुन्छ ।
तेस्रो : त्यो त केहि होईन,मेरो बाउको नाक त यति लामो छ कि झापामा हाँक्छिउ गर्नुभो भने ईलाममा सिँगान झर्छ ।
************

भिखारीलाई चिया

भिखारी : १४ रुपैंया दिनुस् हजुर...!
सागर : किन १४ रुपैंया नै चाहियो ?
भिखारी : चिया पिउनलाई..!
सागर : तर चिया एककपको सात रुपैंयामात्र पर्छ !
भिखारी : प्रेमिकालाई पनि चिया खुवाउनु पर्छ हजुर !
सागर : वाह, भिखारीले पनि प्रेमिका बनाए ?
भिखारी : होइन हजुर, मलाई त प्रेमिकाले भिखारी बनाइन..!

***************

अफिसको जागिर

मण्ठुस जागिर खानका लागि अन्तवार्ता दिन गएछ । अन्तवार्ता हल भित्र छिरेपछि उसले अन्तवार्ता लिन बसेको अधिकारीलाई भन्यो : "१००% मैले यो जागिर पाउँदै पाउन्न, म स्योर छु ।"
अधिकारी :.. किन ??"
मण्ठुस सन्किदैं : "पाउँदिन भनेपछि पाउँदिन, मलाई थाहा छ ।"
अधिकारी जोस्सिएर : "लौ कसरी पाउनु हुन्न ? यो अफिसमा कसलाई जागिर दिने कसलाई नदिने मेरो अधिकारको कुरा हो, तपाइँले भन्दैमा हुन्छ ? ल बाजी ठोकौं, पाँच पाँच हजार...!!"

***************

एटिएमको पासवर्ड

विजेश र मनिष एटिएममा पैसा निकाल्न गएछन् ।
मनिष : हा.हा..हा..विजेश दाजु, मैले तपाइँको पार्सवर्ड (कोड) देखेँ, तपाइँको पार्सवर्ड, चारवटा स्टार(****) होइन ?
विजेष : देखिस् खुबै...! त्यस्तो पनि हुन्छ ? यसमा त जसले जे हाने पनि स्टार **** नै आउँछ, तँलाई के थाहा मेरो पार्सवर्ड त १२५६ हो.. हि.. हि.. हि

**************

6

************

जुवाको लत

सन्दिपलाई जुवाको लत लागेछ, तीन दिनसम्म खालमा बसेर घर आउँदै नआएपछि उसको भिनाजु सुव्रतले उसलाई भेटेर सम्झाउन खोजे : हेर सन्दिप, तिमी यसरी जुवातास धेरै नखेल, यो खेल राम्रो होइन, यसमा एकदिन जिते पनि अर्को दिन हारिन्छ ।
सन्दिपले कुरा बुझेपछि भनेछन् : तपाइले ठिक भन्नु भो भिनाजु, मलाई पनि आजभोली त्यस्तै लागिरहेको छ ठिक छ , म... अबदेखि एकदिन बिराएर तास खेल्छु, जित्ने दिन मात्रै खेल्न जान्छु, हार्ने दिन चाँही किन खेल्नु ?

**********

लालमोहनमा वियाँ

सन्दिपलाई सन्चो भएनछ,
औषधी खान पटक्कै नमानेपछि उसकी श्रीमती सुजुले उपाय लगाईन्, लालमोहन भित्र ट्याब्लेट हालेर ख्वाउने .
सन्दिपले लालमोहन खायो अनी सुजुलाई भन्यो : "हैन त्यो लालमोहन कताबाट ल्याएकी ? त्यसमा त बियाँ पो रहेछ मैले त डस्टबीनमा फ्याल्दिएँ...!!"

***********

स्टेरिङ्ग चोरी

कार किनेदेखि अचेल सन्दीप रक्सी धेरै पीउन थालेछ, अस्ति भर्खर राति १० बजे मलाइ फोन गरेर भन्दैथियो : "लौ न के गर्ने, मेरो कारको स्टेरिङ् नै पार्किङ् गरेको ठाउँबाट चोरी भयो, मलाइ लिन आउनु न please..!"
म बित्यासै परेछ भनेर उसलाइ लिन जादैथिएँ, बाटैमा फेरि उसको फोन आयो : "sorry भिनाजु, मेरो कारको स्टेरिङ् चोरी भा'छैन, म झुक्किएर कारको पछाडी सिटमा पो बसेको रहेछु ही..ही..!"

************

बुढाबुढीको हाँसो

जया : "भाइ, तेरो घर बाट आजकाल तिमिहरु बुढाबुढि हासेको आवाज निकै आउछ, किन हो अचेल निकै खुशी भएका रहेछौ ।"
सन्दीप : "...के को खुसी हुनु नि जया दिदि ? उसित सधै झगडा पर्छ, उस्ले हाथमा जे आयो त्येस्ले हिर्काउछे..लाग्यो भने उ हास्छे लागेन भने म हास्छु...!!"

******************

८५ वर्षकी गर्भवती

एउटी महिला डा.सन्दिपसँग चेकअप गराउन गइन् ।

डा.सन्दिपले उनलाई आफ्नो क्याबिनमा लगे । एकैछिनपछि ती महिला चिच्याउदै बाहिर दौडिन् । अस्पतालमा हंगामा भयो ।

सिनियर डाक्टरले डा. सन्दिपलाई हकार्दै भने 'तिमीलाई लाज लाग्दैन ?८५ बर्षकी बुढिलाई तपाइँ गर्भवती हुनुहुन्छ, भन्नुहुन्छ ? '

डा. सन्दिप - 'के गर्नु त मैले ? जति उपाय लगाएपनि... उहाँको हिक्क रोकिएन । सोच्दै नसोचेको कुरा भयो भने आत्तिएर हिक्क रोकिन्छ भन्ने थाहा थियो त्यसैले..।'

**************

5

सबैभन्दा लामो शब्द

अमित : भन त दाई, अङ्रेजीमा सबैभन्दा लामो शब्द कुन हो ?
सन्दिप : 'SMILES'
अमित : कसरी ?
सन्दिप : किनकी यो शब्दमा शुरुको S देखि लास्टको S सम्म पुग्दा एक Mile को अन्तर छ, त्यसैले...!!
***********


TRANSPARENT PANT

"के हो यस्तो ?.. कस्तो पातलो पाइन्ट किनेर ल्याएको ! यसमा त वारपार देखिन्छ.."- सुजुले रिसाएर सन्दिपलाई हकारिन् ।

सन्दिप (मुसुक्क हाँस्दै ) - "ह्याया.. बेकारमा रिसाउँछे...!! यो पाइन्ट लगाएपछि यसको बीचमा त म हुन्छु, अनि कसरी देखिन्छ वारपार !?.."

**************
चुनावका बेला थियो । आफ्नो चुनावी क्षेत्रका केही स्थानमा वामदेव गौतमलाई भाषण गर्नु थियो, भोट माग्नु थियो । तर, उनको घाँटी नराम्ररी दुखिरहेको थियो । त्यसैले उनी धेरै बोल्न चाहँदैनथे ।

एक ठाउँमा आमसभा सुरु भयो । ठूलो भीड थियो । वामदेव बोल्न थाले, 'आदरणीय जनसमुदाय, आज म यहाँ जुन विषयमा बोल्न गइरहेको छु, तपाईंहरू सबैलाई थाहै छ ।'

'थाहा छ, थाहा छ,' भीडबाट आवाज आयो ।

'जब तपाईंहरूलाई सबै थाहा छ भने मैले किन बोल्नु ? धन्यवाद !' यति भनेर वामदेव गए ।

भोलिपल्ट अर्का ठाउँमा आमसभा थियो । भीडमा हिजो वामदेवले बोलेको कुराको चर्चा थियो । 'वामदेवजीले 'म के विषयमा बोल्न गइरहेको छु, तपाईंहरूलाई थाहै होला' भनेर सोध्दा 'थाहा छ' भन्यो भने भाषण गर्दैनन् । सबैले 'थाहा छैन' भन्नुपर्छ,' मानिसले सल्लाह गरे ।

वामदेव आए । र, भाषण सुरु गरे- आज म जुन विषयमा बोल्दै छु, त्यसबारे तपाईंहरू सबैलाई थाहै होला ।'

'थाहा छैन, थाहा छैन,' सम्पूर्ण भीडले एकै आवाजमा भन्यो ।

'अब तपाईंहरूको यत्रो भीडलाई त थाहा छैन भने मलाई कसरी थाहा हुन्छ ? धन्यवाद !' वामदेव यति बोलेर हिँडे ।

तेस्रो दिन अर्का ठाउँमा कार्यक्रम थियो । चर्चा थियो वामदेवकै भाषणको ।

'थाहा छ भन्यो पनि जान्छन्, थाहा छैन भने पनि जान्छन्,' भीडमा सल्लाह हुन थाल्यो, 'त्यसैले अब वामदेवले सोध्दा आधाले थाहा छ भन्ने, आधाले थाहा छैन भन्ने । हेरौँ के गर्दारहेछन् ?'

वामदेव बोल्न थाले, 'आदरणीय जनसमुदाय, आज म कुन विषयमा बोल्दै छु, तपाईंहरूलाई थाहै होला ।'

'थाहा छ, थाहा छ,' भीडको आधा हिस्साबाट जवाफ आयो ।

'थाहा छैन, थाहा छैन,' भीडको अर्का भागले भन्यो ।

वामदेवले एकछिन दायाँ-बायाँ हेरे । र भने, 'थाहा हुनेले थाहा नहुनेलाई भनिदिनुहोला । धन्यवाद !'

***********

विहा गर्छस् कि जेल हाल्दिउँ

बिवाह भएको २० बर्स पछिको एक रात बुढा रोइराखेको रहेछ।

बुढी: किन रुनु भएको ?
बुढा: आतित् को याद आयो, त्यसैले ।
बुढी: कति बेला को ?
बुढा: २० बर्स पहिले हाम्रो विवाह नहुँदा तिमी र मलाइ तिम्रो बाउले भेटेर मेरो टाउकोमा बन्दुक् राखेर भनेकोथ्यो नि - "मेरी छोरीलाई बिहा गर्छस् कि २० बर्स जेल पुर्याइदिउँ ?" आहिले सम्झिरहेको छु जेल गए भए त आजको मितिमा जेलबाट छुट्ने दिन हो, आजबाट म कति स्वतन्त्र हुन्थें होला, तिमीलाई रोजेर जिन्दगीभर बन्दी भएँ ।

************

4

माया‌मा परेकी छोरी

श्रीमती: मलाई लाग्दै छ कि हाम्रो छोरी कसैको मायामा परी जस्तो छ।
श्रीमान्: तिमी कसरी भन्न सक्छौ?
श्रीमती: किन कि, अचेल छोरीले पकेटमनि नै माग्दिन्।

***********

रपवती, धनवती केटी

बाबुले छोरालाई भन्यो: “मैले एउटा रुपवती, धनवती केटी हेरेको छु।” के तिमी उसलाई विवहा गर्छौ। छोराले बाबलाई भन्यो: “तर बाबु मैले जसलाई माया गर्छु ऊ रुपवती, धनवती र गर्ववती पनि छे”
************

बाढीपिडितलाई सहयोग

मुन्द्रेले धेरै पैसा जम्मा गरी चक्लेट किन्न गएछ। मुन्द्रे: साउनी चक्लेट दिनुस् त? साउनी: “नेपालमा यति ठुलो बाढी आएको छ। चक्लेट खानु सट्टा त्यसमा सहयोग गर न?” मुन्द्रेले धेरै बेर सोच्यो र भन्यो: “म चक्लेट कान्छु अनि त्यो पैसा तपाईँ सहयोग गर्नु नि!!!!”

************

कबाडी व्यापारीकी स्वास्नी

क्यान्टिनमा चिया पिउदै गर्दा विदुरले शिवलाई भनेछ : शिव, उ त्यो टेबुलमा बसेकी आइमाईले मलाई निकै घुरेर हर्दैछे । किन होला ?
शिव : दाई, हेर्न दिनुस् न के भयो त !
विदुर : त्यसले निकै डरलाग्दो गर्दै हेरिरहेकी छ त !
शिव : त्यो आइमाई बागमति किनारको कबाडी व्यापारीकी स्वास्नी हो, उ जहिले पनि बेकार र काम नलाग्ने चिजबिजलाई त्यसै गरी घुरेर हेरिरहन्छे...

************

सपिङ्ग जा“दै जान्न

विदुरकी पत्नी विनिताले भनिन् : म तिमी बिना सपिङ्ग जा“दै जान्न...।
विदुर : हरे भगवान, कसरी सम्झाउँ तिमीलाई मेरो अफिसमा कभरस्टोरी लेख्नु छ के ...
विनिता : जे सुकै होस्, तिमी मसंग सपिङ्ग जानै पर्छ ।
विदुर : म जानै पर्छ र ?
विनिता : पर्छ, तिमी गएनौ भने गधाले जस्तो मेरो सामान कसले बोकिदिन्छ ?

***********

रेस्टुरेन्टमा पहिलो पटक

म : लौ..! तिमीलाई कसरी थाहा भयो कि म यो रेस्टुराँमा पहिलो पटक आएको हुँ भनेर...??

दाँया बाँया हेर्दै वेटरले भन्यो :...किनकी यो रेस्टुराँमा एकपटक आएको ग्राहक दोस्रो पटक फर्केर आएको मलाई थाहा छैन...!!

************

६४ वटा दाँत

तीन चार जना मध्ये दुई जना झगडा गरिरहेका थिए ।पहिलोले भन्दै थियो ,’ एक बक्सिङ्ग हानेर तेरो ६४ वटै दाँत भुँईमा खसाली दिन्छु ।झगडा नगरेको अर्कोले हाँस्दै प्याच भन्यो ,’मान्छेको पनि ६४ वटा दाँत हुन्छ र ??’‘चुप लाग !! त बिचमा बोल्छस् भन्ने थाहा भएर नै तेरो दाँत पनि अगाडीनै गनेको हो ।’ पहिलोले भन्यो ।

****************

३५ पछि वच्चा

महिला : ३५ पछि वच्चा जन्माउनु उचित होला ?
डाक्टर : वस्, वस्, ३५ भन्दा धेरै त के जन्माउनु ?

**************

एक गिलास पानी

छोरा: आमा एक गिलास पानी ल्याइदिनु न!
आमा: जा आँफै लिएर आइज।
छोरा: ल्याइदिनु न भनेको प्लिज।
आमा: फेरी नकरा है,नत्र झापड हान्छु नि!
छोरा: झापड हान्न आउँदा एक गिलास पानी पनि ल्याउदिनु न, ल ?

*************

भ्रम

टिचर:- भ्रम भनेको केहो?
विधार्थी:- सर तपाईंलाई मिसले बोलाउनु हुँदैछ।
टिचर पछाडि फर्केर हेर्छन् र मिसलाई नदेखेपछि, विद्यार्थीलाई गाली गर्दै भन्छन्, पाजी मलाई झुक्याउछस?
विधार्थी:- सर यहि हो 'भ्रम' भनेको।

3

शिक्षक - राम भन त बिरालो र बांदरमा के सम्बन्ध छ ?
राम- सर बिरालोलाइ हामी सानीमा भन्छौं अनि बांदरलाइ मामा भन्छौं ।
*********************

एकपटक ब्रम्हालाई आफूले सिर्जना गरेको मृत्युलोकमा के कस्ता सुन्दरीहरु रहेछन् भनी जान्न मन लागेछ र उनले एउटा गोलमेच सम्मेलन गरेछन् । उक्त सम्मेलनमा धतुरेशवर महादेव साइबाबा, गौतम बुद्ध, पृथवीनारायण शाह र अन्य देशका देवता पनि रहेछन् । र्सवप्रथम ब्रम्हाले प्रश्न राखे- यस संसारमा कति जना सुन्दरी होला तपाइहरुको विचारमा -
साइबाबा- पाँचजना
महादेव- ती कस्ता छन् पार्वती माता भन्दा पनि राम्रा -
एकछिनको चिन्तनपछि बुद्ध चोर औला र बुढी औला मिलाइ अरु उठाएर- तीन यानी तीनजना पार्वतीमाता भन्दा पनि च्वाक्क छन् ।
यत्तिकैमा चतुर पृथ्वीनारायण शाह हत्त न पत्त चोर औंला उठाउंदै त्यसो भए मलाई एउटा है ।
*********************
के छ त
ग्राहक- साहुजी चाउ चाउ छ -
पसले- छैन
ग्राहक- विस्कुट छ -
पसले- छैन
ग्राहक- के छ त साहुजी
पसले- ठिकै छ यार सञ्चै छु आरामै छु बरु तपाईलाई कस्तो छ ।
*********************

भूतप्रेतको किताब

ग्रहकः तिमी आप\mनो सैलुनमा भूतप्रेतको किताबहरु किन राख्छौं -
नाइः- किनकि तीकिताबहरु पढेपछि ग्राहकरुको रौ ठाडोठाडो हुन्छ र मलाई काट्न सजिलो हुन्छ ।

पाँचथरि मिठाइ
एउटा नेपाली भारतीयको मिठाइ पसलमा गएर-
नेपाली - दुइ दुइ किलो पांथथरिको मिठाइ बाल्टीनमा हालेर दूधसंग घोल
भारतीय- मनमनै सोच्दै -बहुत खरिद रहा है आज तो मालामाल हो जाउंगा)
नेपाली- अब यसबाट ५० ग्राम दिनुहोस् ।

२० हातको बाघ
दुइजना साथी-साथीबीच कुराकानी चलिरहेको थियो । जंगलको बाटो जांदै थिए ।
राम- गोरे भन त अहिले अचानक २० हातको बाघ आयो भने त के गर्छन् -
गोरे- कस्तो उल्लु मान्छे रैछ वा बीस बीस हातको बाघ आएपछि जे जे गर्नुछ त्यही बाघले गरिहाल्छ नी मैले के गर्नु ।.


कृषि तथा सहकारीमन्त्री मृगेन्द्रकुमारसिंह यादव कुनै जमानामा किसान थिए । कुरा त्यतिवेलाको हो । उनको गाईले साँढे खोज्यो । पल्लोगाउँमा एउटा बीउ साँढे छ भन्ने सुने । संयोगले त्यो साँढे भएको व्यक्ति मन्त्रीजीकै साथी रहेछ । मन्त्रीजीले गाईलाई ट्रयाक्टरमा हालेर साथीकोमा लगे । धेरै वर्षपछि भेट भएका साथी, खानपिन भयो । उता साँढे र गाईको पनि प्रेमालाप भयो । बेलुकी फर्किने वेला गाईलाई ट्रयाक्टरमा हालेपछि मन्त्रीजीले साथीलाई सोधे, 'साँढे त लगाइयो, तर गाई भर्ना भए/नभएको कसरी थाहा पाउने ?'

'बिहान गोठमा जानु, गाई भुइँमा बसेर उघ्राइरहेको छ भने भर्ना भयो भन्ने बुझ्नु, उफ्रिँदै कराइरहेको छ भने भर्ना भएन भन्ने बुझ्नु । त्यसो भएछ भने गाईलाई फेरि यहीँ लिएर आउनू,' साथीले यति बताएपछि मन्त्रीज्यूले गाई लिएर घर गए ।

भोलिपल्ट गाई गोठमा उफ्रिरहेको थियो । मन्त्रीज्यूले तुरुन्त गाईलाई ट्रयाक्टरमा हालेर साथीकोमा पुर्‍याइहाले । साँढे लगाएपछि गाई लिएर मन्त्री फर्किए ।

अर्का दिन पनि गाई उफ्रिरहेको थियो । त्यस दिन पनि गाईलाई ट्रयाक्टरमा हालेर साथीकोमा लगे मन्त्रीले ।

यसरी सात दिन बिते ।

आठौँ दिनको दिन फर्किने वेला साथीले मन्त्रीज्यूलाई भने, 'आज चैँ पक्का भयो । भोलि गाई उफ्रिएको हुँदैन । बसेर उघ्राइरहेको हुनेछ ।'

भोलिपल्ट बिहानै मन्त्रीज्यूकी श्रीमतीले उनलाई ब्युँझाइन् र अत्तालिँदै भनिन्, 'गाई-गाई ।'

मन्त्रीज्यूले आँखा मिच्दै भने, 'गाई बसेर उघ्राइरहेको छ होइन ?'

'केको उघ्राउनु नि,' श्रीमती बोलिन्, 'गाई त आफै ट्रयाक्टर चढेर हर्न बजाउँदै छ ।'
***********************नेपाली कांग्रेसका प्रवक्ता अर्जुन नरसिंह केसी नुवाकोटमा बस्दा कृषिमा विशेष ध्यान दिन्थे । फलफूल खेती र कुखुरापालनमा उनलाई असाध्यै रुचि थियो ।

पछि, काठमाडौँको गोंगबुमा उहाँको बसाइ भयो । राजनीतिमा पनि सक्रियता बढयो । एक दिन पार्टीको बैठक चलिरहेको वेला आफ्ना मित्र लक्ष्मण घिमिरेलाई नुवाकोटको आफ्नो कुखुरापालनबारे यसरी सुनाउँदै थिए- मेरो कुखुराखोरमा चालीस पोथी थिए । तर, भाले भने एउटा मात्र । मोरो भालेले कहाँबाट बह्मचार्यको दीक्षा लिएर आयो कुन्नि, कुनै पोथीले अन्डा पारेनन् ।'

'अनि,' लक्ष्मण घिमिरेले अभिरुचिसाथ सोधे ।

'एक दिन एकजना जोगी आए र कुखुरालाई खुवाउनु भनेर केही औषधि दियो । मैले जम्मै औषधि भालेलाई खुवाइदिएँ । त्यसपछि त...मोरो भालेले एउटा पोथीलाई पनि सुखसँग बस्न दिएन । चालीसैवटा पोथीले अन्डा पार्न थाले ।'

एकदम चाख मानेर सुनिरहेका घिमिरेले त्यस औषधिको नाम सोधे ।

'नाम त मलाई थाहा छैन,' केसीले भने, 'तर, त्यसको स्वादचाहिँ अदुवा-अदुवा, लसुन-लसुनजस्तो थियो ।
*********************
एकजना अधबैँसे नेता अचानक तालुखुइले भएछन् । पार्टी अफिसमा एक मित्रले उनलाई सोधे, 'के हो ? एक महिना पहिले त तिलचामले भए पनि तपाईंको टाउकोमा झयाप्प कपाल थियो । नसुहाए पनि जुल्फी लर्काउँदै हिँड्नुहुन्थ्यो । अहिले कसरी तालुखुइले हुनुभयो ?'

नेताजीले आफ्नो कहानी सुनाए, 'के गर्नु मित्र ? महिना दिनअघि मैले २२ वर्षकी सुन्दरीलाई कान्छी श्रीमतीका रूपमा भित्र्याएँ । मेरो टाउकोमा आधा कपाल सेतो थियो, आधा कालो । जेठी श्रीमती मलाई छिटो बूढो देखाउन कालो कपाल उखेल्थी, कान्छीचाहिँ मलाई तन्नेरी देखाउन सेतो कपाल उखेल्थी । हेर्नूस् न, महिना दिनमै मेरो यो हालत भो ।'

******************
प्रधानमन्त्री jhalanath khanal एउटा आमसभामा जोसिँदै भाषण गरिरहेका थिए- 'मेरा विरोधीहरूले मलाई जति आरोप लगाएका हुन्, ती सब झुट हुन्, असत्य हुन्, गलत हुन्, बेठीक हुन्, वाहियात हुन् । विरोधीहरूले फयाँकेका जुत्ता, चप्पल बटुलेर आफन्तलाई बाँड्छु भन्ने कुरा पनि झुट हो । झन् यो कुरा त अति-अति नै झुटो हो कि मैले भाषण गरेको वेला मेरा विरोधीहरूले फयाँकेका ढुंगा, इँटा बटुलेर मैले कोटेश्वरमा दुईतले घर बनाएँ रे ।
*****************
एक चुनावी क्षेत्रमा दुईजना प्रतिस्पर्धी उम्मेदवार थिए । तीमध्ये एकजना शिवको अनन्य भक्त थियो । एक दिन शिवजीले उसलाई दर्शन दिए र भने, 'म तिम्रो भक्तिबाट प्रसन्न छु । वरदान माग । तर विचार गर, तिमीले जे माग्छौ म तिमीलाई दिन्छु, तर तिम्रो विपक्षीलाई तिमीले मागेभन्दा दुईगुणा दिन्छु ।'

'हुन्छ भगवान्,' उसले खुसी हुँदै भन्यो ।

'माग !' कैलाशपतिले आदेश दिए ।

उसले वरदान माग्यो- 'प्रभु, मलाई कुटेर अधमरो बनाइदिनुस्
*****************
एक नेताको बानी कस्तो थियो भने आफूले सामान्य कुरा भनेपनि उनलाई 'कत्ति न ठूलो कुरा भनेँ' जस्तो लाग्थ्यो । त्यसमाथि कार्यकर्ताले ताली बजाइदिएपछि त उनी झन् उक्सिन्थे ।

नेता भन्थे, 'आदरणीय जनसमुदाय, वर्षा भएन भने मौसम सुक्खा हुन्छ ।' कार्यकर्ता ताली बजाउँथे र नेतालाई हौसाउँथे, 'हो-हो, महान् कुरा गर्नुभयो ।'

उनको भाषण ननस्टप जान्थ्यो, 'साथीहरू हो म यो कुरा तपाइहरुलाई भन्न जरुरी ठान्छु कि जुन सिढीँबाट माथि चढिन्छ, त्यही सिढीँबाट तल पनि ओर्लिइन्छ ।'

कार्यकर्ता दिल खोलेर ताली बजाउँथे र नेताको प्रशंसा गर्थे, 'नेताज्यू, तपाईंजस्तो ज्ञानी मान्छे यस देशमा कोही छैन ।
*****************
सभाध्यक्ष सुभाष नेम्वाङ वकिल हुनुभन्दा अघिको कुरा हो । त्यतिबेला उनी जिल्ला अदालत इलाममा लेखापढी गर्थे । दिनहुँ एक घन्टाको बाटो हिँडेर अदालत आइजाइ गर्थे । बाटोमा कोल पेल्ने ठाउँ (गोरु घुमाएर ढुंगे मेसिनबाट तोरी पेल्ने ठाउँ) थियो । गोरु घुमिराखेको हुन्थ्यो, तेल झरिरहेको हुन्थ्यो । तर, अचम्म गोरु मालिकचाहिँ कोलभन्दा परको चौतारीमा हुक्का तानेर बसिराखेको हुन्थ्यो ।

'गोरु मालिक सधैँ पर हुक्का तान्दै बस्छ, गोरु घुमे नघुमेको कसरी थाहा हुन्छ ?' यस प्रश्नले उनलाई सधँै पिरोल्थ्यो ।

एक दिन उनले गोरुमालिकलाई सोधे, 'ए बा, तपाईं यहाँ बसेर हुक्का तानिरहनुभएको छ । उहाँ तपाईंको गोरुले कोल पेलेको छ कि छैन तपाईंलाई कसरी थाहा हुन्छ ?'

'ए बाबु, मैले गोरुको घाँटीमा घन्टी झुन्डयाइदिएको छु,' गोरुमालिकले भने, 'गोरु घुमे नघुमेको म यहीँ बसीबसी सुनेर थाहा पाउँछु ।'

नेम्वाङ 'ए' भनेर बाटो लागे । तर, पाँच मिनेटपछि उनी फर्किए र गोरुमालिकलाई सोधे, 'ए बा गोरु घुमेर घन्टी बज्यो भनेर त तपाईं थाहा पाउनुहुन्छ । तर, गोरु नघुमी उभिएर दायाँ-बायाँ घाँटी मात्रै हल्लाएर घन्टी बजाएर बस्यो भने नि ?'

गोरुमालिकले हाँस्दै भने, 'ए बाबु, मेरो गोरुले तिमीले जस्तो वकालत पढेको छैन । त्यसैले त्यसले गडबड गर्दैन ।'

************
एक विकट ठाउँमा चुनावमा नेपाली कांग्रेसले आफ्नो पार्टीबाट उठ्ने उम्मेदवार नै भेटेनन् । धेरैलाई उम्मेदवार बन्न आग्रह गरियो, तर कसैले मानेनन् । धेरै प्रयत्नपछि एक युवक भेटिए, जो बलिया र हट्टाकट्टा थिए ।

'तर, मलाई भाषण गर्न आउँदैन,' केन्द्रबाट उम्मेदवार खोज्न खटाइएका नेतालाई युवकले आफ्नो समस्या राखे ।

'डराउनु पर्दैन । जे आउँछ त्यही बोल, तर भाषणको अन्त्यमा चाहिँ आफ्ना लागि भोट माग्न नबिर्स,' नेताले युवकलाई सिकाए ।

भाषण गर्ने दिन आयो । मानिस जम्मा भए । युवकले दिएको भाषण यस्तो थियो- मेरो नाम बुधलाल हो । मलाई भाषण गर्न आउँदैन । भाषण त गर्नुहुन्छ हाम्रा पार्टीका अध्यक्ष sushil koirala जसको कोटको खल्तीमा सधैँ गुलाबको फूल हुन्छ ...गुलाबबाट गुलकन्द बन्छ ...गुलकन्द कब्जियतको ओखती हो .... कब्जियत सम्पूर्ण रोगको मुख्य जरा हो .... जरा खरबुजाको राम्रो हुन्छ ...खरबुजाले खरबुजालाई देख्दा आफ्नो रंग बदल्छ ....रंग जर्मनीको राम्रो हुन्छ.... जर्मनीमा एउटा शासक थियो, जसले धेरै वार गराएको थियो ....जस्तो सम्झनुहोस् कि आइतबार, सोमबार, मंगलबार, बुधबार....बुधबारलाई सम्झनुहोस्, बुधलाललाई भोट दिनुहोस् ।'
***************
एकचोटि किराहरु र जनावरहरुको फूटबल म्याच भएछ । हाफ ट्याम हुँदासम्म जनावरहरुले ६ गोल गरेछन्, तर किराहरुले भने गोलै गर्न सकेनछन् । दोश्रो हाफमा किराहरुको कोचले सय खुट्टे अरिमुठे (MILLIPEDE) ल्याएछ । अरिमुठेले दनादन १२ गोल ठोकेछ, किराहरुले १२-६ मा खेल जितेछन् । खेल सकिएपछि पत्रकारहरुले किराको कोचलाई सोधे;
"कोचज्यू, यस्तो राम्रो खेल्ने अरिमुठेलाई पहिल्यैबाट किन नखेलाएको?"
"पहिल्यैबाट खेलाउने मन त मलाईपनि थियो भाई, तर के गर्ने, बिचरालाई सय वटा खुट्टामा बुट कस्नै हाफ टाइमसम्म लाग्यो ।"
**************

2

थाहा पाउनु भयो.............. श्रीमती : तपाईले थाहा पाउनु भयो इन्डियामा एकजनाले साईकलसँग आफ्नि स्वास्नि साटेछ । मुन्द्रे : म त मोटरसाईकल भन्दा घटिमा त मरे पनि साट्दिन । :))
*********************
ओटा झिङ्गा................... मुन्द्रेले भनेछ, साथिहो मैले हिजो ५ ओटा झिङ्गा मारें । ३ ओटा पोथि र २ ओटा भाले । होइन तँलाई कसरि थाहा भयो कति भाले र कति पोथि मरे भनेर ? त्यत्ति पनि थाहा हुदैन कि के हो त मलाई , ३ ओटा ऐनामा बसेका थिए २ ओटा चुरोटको बट्टामा ।
*********************
आइमाइको आठ बच्चा......................... एक आइमाइको आठ बच्चा रैछन सबैको नाम राम रैछ यो देखेर एउटड मान्छेलाइ अचम्म लागेछ उसले सोधेछ तपाइलाई आफ्नो बच्चा हरु लाइ बोलाउन गाह्रो हुदैन सबैको नाम एउटै आइमाई: हुदैन म नाम सगै थर पनि जोडेर बोलाउछु नि त .... ))
*********************
फेन्टास्टिक............................. एकजना गाउँको मान्छे होटलमा गएछ त्यहाँ अर्को व्यक्ति फेन्टा पिउँदै रहेछ अनि त्यो मान्छेले पनि कोक पिउँदै फेन्टा पिउने मान्छेलाई सोधेछ, कस्तो छ ?जवाफमा फेन्टास्टिक । अनि कोक पिउनेले भनेछ, ए यो पनि कोकाकोलास्टिक रहेछ । :))
*********************
पाईलट बन्न चाहन्छु............................................... बाबुले छोराको रिजल्ट हेरेपछि तँ जस्तो छोरात धर्तिको लागि बोझ होस । छोराले बाबुलाई भनेछ त्यहि भएर त म पाईलट बन्न चाहन्छु नि ड्याड । :))))))))))))))))))))))))))))
*********************
एउटा मात्रै नराम्रो बानी...................................... स्कुलमा सर र विद्यार्थी बिचको कुराकानि । सर : राम तिमि चुरोट खान्छौ हो ? राम : होईन सर । सर : तास खेल्छौ ? राम : खेल्दिन सर । सर : मदिरापान गर्छौ ? राम : गर्दिन सर । सर : तिम्रो त सबै बानि राम्रो रहेछ त । राम : मेरो सबे बानि रम्रो छ । तर एउटा चाहि बानि नराम...
*********************
चोरलाई गएर भन्दे.......................... छोरा, बुवा आमाले भन्नुभएको छिटो आउनुस् रे। बुवा, (निन्द्रैमा) किन ? छोरा, चोर आयो रे । बुवा, ह्या त्यो चोरलाई गएर भन्दे, बुवालाई आज निन्द्रा लागेको छ रे भोलि आउनुरे । :))))))))))))))))))))))
*********************
गएको ?.................. वकिल: तिमि दोस्रोपटक पनि किन त्यहि पसलमा चोर्न गएको ? चोर: किन कि जब म पहिलो पटक चोर्न गएथेँ र मैले देखेको थिए काठमा लेखेको थियो। धन्यवाद फेरि आउनु होला। :)))))))))))))))))))))
*********************
तिम्रो स्वास्नी मेरो पनि......................................... एकदिन कुइरे र नेपालीले मित लगाएछन। नेपाली:- अब देखी मेरो बैनी तिम्रो बैनी, मेरो आमा तिम्रो आमा, मेरो बाबु तिम्रो बाबु, मेरो भाई तिम्रो भाई, मेरो छोराछोरी तिम्रो छोराछोरी है। कुइरे:- त्यसो भने तिम्रो स्वास्नी मेरो पनि स्वास्नी । :)
*********************
इतिहास विषय पढाउने शिक्षकले एकविद्यार्थीलाई प्रश्न सोधे । शिक्षस भन त माने नाला पानीकोलडाँईमा बलभद्र कुँवर कसरी लडेकाथिए ? विद्यार्थी नाला पानीको युद्धमा नाला फुटेरपानी बाहिर निस्किएको हुँदा चिप्लिएरलडेका थिए सर ।
*********************
मुन्द्रे र मुन्द्रेको बाउ जाँच...................... मुन्द्रे र मुन्द्रेको बाउ जाँच दिएर निस्केछन र झगडा गरिरखेको रैछन। त्यो देखेर मामाले सोधेछनमामा:किन झगडा गरेको? मुन्द्रे: बाउले कापिमा केहि नलेखि त्यतिकै बुझाएर आएछन॥ मामा :अनि तिमिलाई के को टेन्सन त? मुन्द्रे: अनि मैले पनि केही नलेखिकन बुझाएर आको छु अब सरले मैले बाउको सारे छ भन्दैनन्॥
*********************
प्रेमीलाई प्रेमीकाले फोन......................................................................... एउटा प्रेमीलाई प्रेमीकाले फोन गरेर भनि:- मेरो घरमा कोही पनि छैन तिमि आऊ।प्रेमी खुसी हुदैँ प्रेमीकाको घर पुग्यो।तर साचिक्कै घरमा कोही पनि थिएन।
*********************
झोल त यति मिठो, झन.. कहिल्लै चिया नखाएको गाउँको दुइटा मान्छे शहर गएछ। र चिया पसलमा बसेछन्। पहिलो:- ओई! यी सबै मान्छेले के खाएको हो हामी पनि खाऔ न। दोस्रो:- हुन्छ नि (अडर गर्दै) दाई हामीलाई पनि त्यो १ १ गिलास दिनुस् त्(पसलेले चिया दिन्छ) पहिलो:- ओई यसको झोल त यति मिठो छ भने , झन चोक्टा त कति मिठो होला हगि। दोस्रो:- हो त नी। :)
*********************
के भनुँ.......................:) तिमिलाई म के भनुँ ? फुल भनुँ भने त्यसमा काँडा छ। चन्द्रमा भनुँ भने त्यसमा दाग छ। बाँदर भनुँ भने त्यसमा दिमाग छ।
*********************
लोग्नेले आफ्नो स्वास्नीलाई जहिले पनि आफ्नो अन्डरमा राखन खोज्दथ्यो।जे कुरा अराउदा पनि नत्र भनेर थर्काउने गर्दो रहेछ। एकदिन लोग्ने नुहाउन लागेको रहेछ, लोग्नेले भन्यो:- पानी तता नत्रस्वास्नी पनि आकुल ब्याकुल भएर जोरी खोज्दै:- नत्र के गर्छौ, हँ नत्र के गर्छौ?लोग्ने:- नत्र चिसै पानीले नुहाउछु।
*********************
छोरा- बुवा यो गुलाबको बोट रोपेको एक हप्ता भइसक्यो तर यसको जरा
अहिलेसम्म निस्केको छैन ।
बुवा- छोरा तिमीलाइ कसरी थाहा भयो ?
छोरा- किनकि म यसलाइ सधै उखेलेर हेर्छु ।
*********************