Tuesday, May 31, 2011

6

************

जुवाको लत

सन्दिपलाई जुवाको लत लागेछ, तीन दिनसम्म खालमा बसेर घर आउँदै नआएपछि उसको भिनाजु सुव्रतले उसलाई भेटेर सम्झाउन खोजे : हेर सन्दिप, तिमी यसरी जुवातास धेरै नखेल, यो खेल राम्रो होइन, यसमा एकदिन जिते पनि अर्को दिन हारिन्छ ।
सन्दिपले कुरा बुझेपछि भनेछन् : तपाइले ठिक भन्नु भो भिनाजु, मलाई पनि आजभोली त्यस्तै लागिरहेको छ ठिक छ , म... अबदेखि एकदिन बिराएर तास खेल्छु, जित्ने दिन मात्रै खेल्न जान्छु, हार्ने दिन चाँही किन खेल्नु ?

**********

लालमोहनमा वियाँ

सन्दिपलाई सन्चो भएनछ,
औषधी खान पटक्कै नमानेपछि उसकी श्रीमती सुजुले उपाय लगाईन्, लालमोहन भित्र ट्याब्लेट हालेर ख्वाउने .
सन्दिपले लालमोहन खायो अनी सुजुलाई भन्यो : "हैन त्यो लालमोहन कताबाट ल्याएकी ? त्यसमा त बियाँ पो रहेछ मैले त डस्टबीनमा फ्याल्दिएँ...!!"

***********

स्टेरिङ्ग चोरी

कार किनेदेखि अचेल सन्दीप रक्सी धेरै पीउन थालेछ, अस्ति भर्खर राति १० बजे मलाइ फोन गरेर भन्दैथियो : "लौ न के गर्ने, मेरो कारको स्टेरिङ् नै पार्किङ् गरेको ठाउँबाट चोरी भयो, मलाइ लिन आउनु न please..!"
म बित्यासै परेछ भनेर उसलाइ लिन जादैथिएँ, बाटैमा फेरि उसको फोन आयो : "sorry भिनाजु, मेरो कारको स्टेरिङ् चोरी भा'छैन, म झुक्किएर कारको पछाडी सिटमा पो बसेको रहेछु ही..ही..!"

************

बुढाबुढीको हाँसो

जया : "भाइ, तेरो घर बाट आजकाल तिमिहरु बुढाबुढि हासेको आवाज निकै आउछ, किन हो अचेल निकै खुशी भएका रहेछौ ।"
सन्दीप : "...के को खुसी हुनु नि जया दिदि ? उसित सधै झगडा पर्छ, उस्ले हाथमा जे आयो त्येस्ले हिर्काउछे..लाग्यो भने उ हास्छे लागेन भने म हास्छु...!!"

******************

८५ वर्षकी गर्भवती

एउटी महिला डा.सन्दिपसँग चेकअप गराउन गइन् ।

डा.सन्दिपले उनलाई आफ्नो क्याबिनमा लगे । एकैछिनपछि ती महिला चिच्याउदै बाहिर दौडिन् । अस्पतालमा हंगामा भयो ।

सिनियर डाक्टरले डा. सन्दिपलाई हकार्दै भने 'तिमीलाई लाज लाग्दैन ?८५ बर्षकी बुढिलाई तपाइँ गर्भवती हुनुहुन्छ, भन्नुहुन्छ ? '

डा. सन्दिप - 'के गर्नु त मैले ? जति उपाय लगाएपनि... उहाँको हिक्क रोकिएन । सोच्दै नसोचेको कुरा भयो भने आत्तिएर हिक्क रोकिन्छ भन्ने थाहा थियो त्यसैले..।'

**************

No comments:

Post a Comment