Tuesday, May 31, 2011

8

सबैभन्दा सजिलो जागिर

विजेश :ए भाई, मलाई त डेली अफिस जादै काम गर्नै अल्छी लाग्नथाल्यो, मलाई यस्तो काम चहिएको छ जसमा कुनै काम पनि गर्नु नपरोस, तर बसी-बसी पैसा पनि आओस, तेरो नजरमा कुनै त्यस्तो काम छ?
मनिष:ओहो !छ नी दाई किन नहुनु !कामै नगरी बसी पैसा बटुल्न पाइने काइदाको काम छ, सार्वजनिक शौचालयको ढोकामा पैसा उठाउन बस्नु, तिमीले केही गर्नुपर्दैन, सबै काम त्यहाँ आउनेहरुले आँफै गर्छन, अनी तिमीलाई पैसा दिदै जान्छन ! खाने हो त जागिर कुरा गर्दिउ ?

****************

धनलाभ

पति ज्योतिसकहाँ हात देखाउन गए ।
ज्योतिसले भने, आज तिम्रो पत्निलाई अवस्य धन लाभ हुनेछ ।

पति रुन लागेको स्वरमा, तपाईले ठिक भन्नुभो किनकि आज मैले मेरो पर्स घरमै विर्सेर आएछु ।

*******************

नवदम्पति

नव विवाहित दम्पति शहर जान बस चढेछन्, बसमा भिँडभाँड भएकाले युवकले युवतीलाई अँगालो हालेर उभिएको थियो ।

त्यो देखेर कण्डक्टरले भन्यो: ऐ दाई, बस्न नपाए पनि त्यो दिदीलाई राम्रोसँग उभिन त दिनुस् ।

युवक: अगि तपाँईले नै भनेको होईन, आफ्नो सामानको सुरक्षा आफैले गर्नु भनेर ?

***************
खुट्टा नभएको कुकुर

पहिलो: तिमी खुट्टा नभएको कुकुरलाई के भनेर बोलाउँछौ ?
दोश्रो: जे भने पनि हुन्छ, जे भने पनि त्यो आउँदैन ।

**************

बिहानको खाजा

एक जना बिरामीलाई चेक गरेर डाक्टरले सोधेछ:
डाक्टर: तपाँईले बिहान के खाजा खानुहुन्छ ?
बिरामी: भैगो डाक्टरसाब, दु:ख नबगर्नुस । मैले घरमै टन्न खाएर आएको छु ।

No comments:

Post a Comment