Tuesday, May 31, 2011

7

दिमागमा आगो
श्रीमती: तिमी मलाई धेरै रिस नउठाउ त ! मेरो दिमागमा आगो बलेको छ आज ।
हम जाएगा: ए, तेही भएर होला, आज बिहानैदेखि गुईँठा बालेको गन्ध आएको ।
*****************
गधा
हम जाएगा (श्रीमतीसंग) : हेरन, छोराले गधा चढ्छु, गधा चढ्छु भनेर हैरान पारिसक्यो ।
श्रीमती: के भो त नि, एकछिन काँधमा बोके हुन्न त**


****************
कलर टिभी

बखतबहादुर टि.भी किन्न पसलमा गएछ ।

पसलमा -
बखते: साहुजी तपाईसंग कलर टिभी छ ?
साहुजी : छ, कस्तो चाहियो भन्नुस् न ।
बखते : त्यसो भए मलाई हरियो रंगको टिभी दिनुस् त ।

..

*************

रक्सी नखाने जँड्याहा

एउटा जँड्ह्या बारमा बसेर अगाडी राखेको रक्सीको गिलास घण्टौंदेखि एकटक हेरिरहेको थियो । त्यो देखेर उसलाई जिस्काउन वेटरले त्यो रक्सी एकैसासमा स्वाट्ट पार्यो ।

जँड्ह्या रुन थाल्यो,
वेटर : सरी दाई, मैले त तपाइँलाई जिस्काउन पो खोजेको..!
जँड्ह्या : हैन भाई, यसमा तिम्रो गल्ती छैन । आजको दिन नै अनलक्की छ । जागीर गयो, स्वास्नी पनि सम्पत्ति कुम्ल्याएर भागी त्यसैले मर्न भनेर त्यो रक्सीमा प्वाइजन मिलाएको थिएँ, त्यो पनि तिमीले..

************

दिमाखको मोल

पार्थिव दिमाग किन्न हिंड्यो । सयुजलाई सोध्यो तिम्रो दिमाग कतिमा बेच्छौ ? उसले भन्यो १ लाख,.. विपुललाई सोध्यो । उसले २ लाख भन्यो । विवेकले ३ लाख, यसरी नै सुजुले आफ्नो दिमागको रेट ४ लाख, शरदले ५, रोशनले ६, अमितले ७, जयाले ८ भन्दै गए । पार्थिव सन्दिपकहाँ पुग्यो । सन्दिपले दिमागको रेट १ करोड भन्यो । पार्थिव : अरुको भन्दा तिम्रो दिमाग किन यति महँगो ? सन्दिप : अरुले गर्नु use गरेका छन्,मेरो सिलप्याक अहिलेसम्म use नगरेको !
****************

स्वर्गमा क्रिकेट

क्रिकेटका सोखिन नब्बे काटेका दुइ बुढामित्रमध्ये एकजनाको स्वर्गवासी हुनेबेला भएछ, अर्को बुढाले उसलाइ भनेछ "स्वर्ग पुगेपछि त्यहाँ क्रिकेट छ कि छैन, पत्ता लगाएर फोन गर" पहिलो बुढा "हुन्छ" भनेपछि स्वर्गिय भएछ ।
केही दिनपछि स्वर्गबाट पहिलोको फोन अर्को बुढालाई आएछ -"तेरोलागि एउटा खुशीको,अर्को दुःखको खबर छन् । खुशीको खबर स्व...र्गमा क्रिकेट खेल्न पाइन्छ र दुःखको खबर आउने बिहीबार हुने म्याचमा फस्ट बलिङ्ग तैले गर्नु पर्ने भो !"

**************

विदेशबाट चिठी

सन्दिप विदेश जाने भयो । उसकी पत्नी सुजुलाइ पर्नु पिर पर्यो ।

जाने बेलामा सुजुले सन्दिपलाई भनिन् -'ए हजुर, मेरो लागि यस्तो पत्र लेख्नु कि तपाइँ फर्किन बेलासम्म पढिरहन सकुँ ।'

घरपरिवार, श्रीमती छाडेर जानु परेको चिन्तामा रहेका सन्दिपले झट्ट कागज र कलम लिएर एकघण्टासम्म लेखिरहे र सुजुलाई लेखेको कुरा दिदै भने -

'ल यही पढेर बस्नु । म फर्किने बेलासम्म बुझिहाल्छौ होला ।'

उसले लेखेको थियो -@#$#$#@%%$&

**************

दिवाली से एक दिन पहले बच्चा अपनी ममी के साथ पटाखे खरीदने निकला। गर्ल्स हॉस्टल देखकर बोला: ममी , ममी मैं सारे पटाखे यहीं से खरीदूंगा। ममी: लेकिन यह तो गर्ल्स हॉस्टल है! बच्चा: लेकिन पापा तो कहते हैं कि सारी फुलझड़ियां यहीं रहती हैं।
*************
सन्दिप र अमित शुक्लाफाँटको जंगलमा डकुमेन्ट्री खिच्न गएछन् । अचानक उनीहरुको अगाडी बाघ आएछ । बच्नका लागि अमितले बाघको आँखामा पर्ने गरी माटोको धुलो फ्याकेछ र सन्दिपलाई तान्दै भनेछ-'दाई, मौका यही हो भाग ।' अघिदेखि ट्वाल्ल परिरहेको सन्दिपले भनेछ 'म किन भाग्ने - तै भाग, बाघको आँखामा माटो मैले हालेको हो र ?'
**************
कोशीमा बाढी आएको बेला सन्दिप, सयुज र सेसन कोशी टप्पु घुम्न पुगेका रहेछन् । र्फकने बेला कोशी तर्नु पर्ने भयो । जंगल नजिक भएकाले डुंगा पनि रहेनछ,पौडेर कोशी तर्ने र जो पहिले पारी पुग्छ, उसले पारीबाट डुंगा ल्याउने विचार गरेछन् । सेसन पौडन थाल्यो । १५% जति पार गरेपछि पौडन नसकेर फर्कियो । सयुज पनि २५% जति अघि बढेर थाक्यो र फर्कियो । अब सन्दिपको पालो आयो । उ ५०% कोशी पार गरिसके पनि "नसकिने रहेछ" भन्दै फर्कियो ।
*************
सेसनको कक्षामा सबै विद्यार्थीहरुलाई Teacherले Cricket का बारेमा Essay लेख्न अह्राए । सेसनले सबैभन्दा छिटो लेखिभ्यायो । उसले लेखेको थियो - "DUE TO RAIN, NO MATCH!"
*************
गोबरको स्वाद

खाना खाने बेलामा वावुराम: "छ्या..! यो पनि तरकारी हो ? कस्तो नमिठो..! ठ्याक्कै गोबर जस्तो..!!"
बावुरामकी आमा : "हरे भगवान ! मेरो छोरो घर बाहिर जे पायो त्यही खाएर बिग्रेछ, खानेकुरा त खान्थ्यो-खान्थ्यो, गोबर पनि खाने गर्दो रहेछ, नत्र गोबरको स्वाद कस्तो हुन्छ, यसले कसरी थाहा पायो ? थुक्क..!!"

************

बाउको नाक

एकदिन तिनजना बाउको नाकको गफ दिँदैरहेछन् ।
पहिलो : मेरो बाउको नाक त यति लामो छ कि मेरो बाउले अगाडि १ कि.मि. सम्मको केहि कुरा हेर्नै मिल्दैन, त्यसमा नाक ठोक्किहाल्छ ।
दोस्रो : ह्या तेरो बाउको नाक के लामो ? मेरो बाउको नाक त यति लामो छ कि घर फर्कदा नाक आईपुगेको २ घण्टा पछि मात्र घर आईपुग्नुहुन्छ ।
तेस्रो : त्यो त केहि होईन,मेरो बाउको नाक त यति लामो छ कि झापामा हाँक्छिउ गर्नुभो भने ईलाममा सिँगान झर्छ ।
************

भिखारीलाई चिया

भिखारी : १४ रुपैंया दिनुस् हजुर...!
सागर : किन १४ रुपैंया नै चाहियो ?
भिखारी : चिया पिउनलाई..!
सागर : तर चिया एककपको सात रुपैंयामात्र पर्छ !
भिखारी : प्रेमिकालाई पनि चिया खुवाउनु पर्छ हजुर !
सागर : वाह, भिखारीले पनि प्रेमिका बनाए ?
भिखारी : होइन हजुर, मलाई त प्रेमिकाले भिखारी बनाइन..!

***************

अफिसको जागिर

मण्ठुस जागिर खानका लागि अन्तवार्ता दिन गएछ । अन्तवार्ता हल भित्र छिरेपछि उसले अन्तवार्ता लिन बसेको अधिकारीलाई भन्यो : "१००% मैले यो जागिर पाउँदै पाउन्न, म स्योर छु ।"
अधिकारी :.. किन ??"
मण्ठुस सन्किदैं : "पाउँदिन भनेपछि पाउँदिन, मलाई थाहा छ ।"
अधिकारी जोस्सिएर : "लौ कसरी पाउनु हुन्न ? यो अफिसमा कसलाई जागिर दिने कसलाई नदिने मेरो अधिकारको कुरा हो, तपाइँले भन्दैमा हुन्छ ? ल बाजी ठोकौं, पाँच पाँच हजार...!!"

***************

एटिएमको पासवर्ड

विजेश र मनिष एटिएममा पैसा निकाल्न गएछन् ।
मनिष : हा.हा..हा..विजेश दाजु, मैले तपाइँको पार्सवर्ड (कोड) देखेँ, तपाइँको पार्सवर्ड, चारवटा स्टार(****) होइन ?
विजेष : देखिस् खुबै...! त्यस्तो पनि हुन्छ ? यसमा त जसले जे हाने पनि स्टार **** नै आउँछ, तँलाई के थाहा मेरो पार्सवर्ड त १२५६ हो.. हि.. हि.. हि

**************

No comments:

Post a Comment