Tuesday, May 31, 2011

5

सबैभन्दा लामो शब्द

अमित : भन त दाई, अङ्रेजीमा सबैभन्दा लामो शब्द कुन हो ?
सन्दिप : 'SMILES'
अमित : कसरी ?
सन्दिप : किनकी यो शब्दमा शुरुको S देखि लास्टको S सम्म पुग्दा एक Mile को अन्तर छ, त्यसैले...!!
***********


TRANSPARENT PANT

"के हो यस्तो ?.. कस्तो पातलो पाइन्ट किनेर ल्याएको ! यसमा त वारपार देखिन्छ.."- सुजुले रिसाएर सन्दिपलाई हकारिन् ।

सन्दिप (मुसुक्क हाँस्दै ) - "ह्याया.. बेकारमा रिसाउँछे...!! यो पाइन्ट लगाएपछि यसको बीचमा त म हुन्छु, अनि कसरी देखिन्छ वारपार !?.."

**************
चुनावका बेला थियो । आफ्नो चुनावी क्षेत्रका केही स्थानमा वामदेव गौतमलाई भाषण गर्नु थियो, भोट माग्नु थियो । तर, उनको घाँटी नराम्ररी दुखिरहेको थियो । त्यसैले उनी धेरै बोल्न चाहँदैनथे ।

एक ठाउँमा आमसभा सुरु भयो । ठूलो भीड थियो । वामदेव बोल्न थाले, 'आदरणीय जनसमुदाय, आज म यहाँ जुन विषयमा बोल्न गइरहेको छु, तपाईंहरू सबैलाई थाहै छ ।'

'थाहा छ, थाहा छ,' भीडबाट आवाज आयो ।

'जब तपाईंहरूलाई सबै थाहा छ भने मैले किन बोल्नु ? धन्यवाद !' यति भनेर वामदेव गए ।

भोलिपल्ट अर्का ठाउँमा आमसभा थियो । भीडमा हिजो वामदेवले बोलेको कुराको चर्चा थियो । 'वामदेवजीले 'म के विषयमा बोल्न गइरहेको छु, तपाईंहरूलाई थाहै होला' भनेर सोध्दा 'थाहा छ' भन्यो भने भाषण गर्दैनन् । सबैले 'थाहा छैन' भन्नुपर्छ,' मानिसले सल्लाह गरे ।

वामदेव आए । र, भाषण सुरु गरे- आज म जुन विषयमा बोल्दै छु, त्यसबारे तपाईंहरू सबैलाई थाहै होला ।'

'थाहा छैन, थाहा छैन,' सम्पूर्ण भीडले एकै आवाजमा भन्यो ।

'अब तपाईंहरूको यत्रो भीडलाई त थाहा छैन भने मलाई कसरी थाहा हुन्छ ? धन्यवाद !' वामदेव यति बोलेर हिँडे ।

तेस्रो दिन अर्का ठाउँमा कार्यक्रम थियो । चर्चा थियो वामदेवकै भाषणको ।

'थाहा छ भन्यो पनि जान्छन्, थाहा छैन भने पनि जान्छन्,' भीडमा सल्लाह हुन थाल्यो, 'त्यसैले अब वामदेवले सोध्दा आधाले थाहा छ भन्ने, आधाले थाहा छैन भन्ने । हेरौँ के गर्दारहेछन् ?'

वामदेव बोल्न थाले, 'आदरणीय जनसमुदाय, आज म कुन विषयमा बोल्दै छु, तपाईंहरूलाई थाहै होला ।'

'थाहा छ, थाहा छ,' भीडको आधा हिस्साबाट जवाफ आयो ।

'थाहा छैन, थाहा छैन,' भीडको अर्का भागले भन्यो ।

वामदेवले एकछिन दायाँ-बायाँ हेरे । र भने, 'थाहा हुनेले थाहा नहुनेलाई भनिदिनुहोला । धन्यवाद !'

***********

विहा गर्छस् कि जेल हाल्दिउँ

बिवाह भएको २० बर्स पछिको एक रात बुढा रोइराखेको रहेछ।

बुढी: किन रुनु भएको ?
बुढा: आतित् को याद आयो, त्यसैले ।
बुढी: कति बेला को ?
बुढा: २० बर्स पहिले हाम्रो विवाह नहुँदा तिमी र मलाइ तिम्रो बाउले भेटेर मेरो टाउकोमा बन्दुक् राखेर भनेकोथ्यो नि - "मेरी छोरीलाई बिहा गर्छस् कि २० बर्स जेल पुर्याइदिउँ ?" आहिले सम्झिरहेको छु जेल गए भए त आजको मितिमा जेलबाट छुट्ने दिन हो, आजबाट म कति स्वतन्त्र हुन्थें होला, तिमीलाई रोजेर जिन्दगीभर बन्दी भएँ ।

************

No comments:

Post a Comment